Government of Nepal     Government of Nepal

feedback  English      home  गृह पृष्ठ      feedback  गुनासो      contacts  सम्पर्क

जनमुखी प्रशासन: अनुशासन र सुशासन

 
blank
 
border
Banner
border
 

सूचना

 

सगरमाथा राष्ट्रिय पुरस्कार, २०७० र तेञ्जिङ्ग हिलारी पर्वतारोहण पुरस्कार, २०७० छनौट समितिको सूचना

नेपाल सरकार
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पर्यटन उद्योग महाशाखा
सगरमाथा राष्ट्रिय पुरस्कार, २०७० र तेञ्जिङ्ग हिलारी पर्वतारोहण पुरस्कार, २०७० छनौट समितिकोसूचना

(सूचना प्रकाशन मितिः–२०७०।१।१७)

सगरमाथा राष्ट्रिय पुरस्कार, २०७० तथा तेञ्जिङ्ग हिलारी पर्वतारोहण पुरस्कार, २०७० वितरण गर्नको लागि योग्य व्यक्ति वा संघ संस्था छनौट गरी सिफारिश गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लिखित मापदण्डभित्र रही उक्त पुरस्कार प्राप्त गर्न योग्य ठहरिन सक्ने व्यक्ति तथा संस्थाहरु वा त्यस्ता व्यक्ति/संस्थाहरुको बारेमा जानकारी पाएका व्यक्ति/संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र गरेको कामको विवरण र सो कुरालाई पुष्ट्याई गर्ने आधारहरुसहित यस महाशाखामा आवेदन दिन हुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सो सम्बन्धी अन्य विस्तृत जानकारीको लागि यस महाशाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

तपसिलः–

१. सगरमाथा राष्ट्रिय पुरस्कार, २०७० छनौट मापदण्डका आधारहरु :

(क) नेपालको पर्वतीय पर्यटन वा पर्वतारोहणको विकास र विस्तारमा विशिष्ट योगदान पुर्याएको कुनैपनि व्यक्ति ।
(ख) पर्वतारोहणको क्षेत्रमा विशेष योगदान पुर्याउने राष्ट्रिय वा अन्तर्राष्ट्रिय किर्तिमानहरु कायम गरेका पर्वतारोही ।
(ग) नेपालको पर्वतीय पर्यटन, पर्वतारोहण र पर्वतीय सरसफाईको कार्यमा उत्कृष्ट र प्रशंसनीय कार्य गर्ने गैह्रनाफादायी र गैह्रव्यवसायिक          संघ संस्थाहरु ।
(घ) यो पुरस्कार कुनै व्यक्तिलाई मरणोपरान्त पनि दिन सकिनेछ । 
(ङ) संघ संस्थाको हकमा नेपालमै कार्यरत रहेको, गैह्रव्यापारिक र ग्रैह्रनाफादायी संस्था हुनु पर्नेछ ।


२. तेञ्जिङ्ग हिलारी पर्वतारोहण पुरस्कार, २०७० छनौट मापदण्डका आधारहरु :

(क) पर्वतीय प्रवद्र्धन, पर्वतीय क्षेत्रको सामुदायि विकास, पर्वतीय क्षेत्रको पर्यटन पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने संघ/संस्था/व्यक्ति ।
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतीय प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने संघ÷संस्था÷व्यक्ति
(ग) वृत्त चित्र, सञ्चार, फिल्मको माध्यमबाट पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्ने संघ/संस्था/व्यक्ति
(घ) पर्वतारोहण गर्ने पर्वतारोही, पदयात्रीहरुको जोखिमपूर्ण उद्धारका कार्यमा विशेष योगदान गर्ने सघं/संस्था/व्यक्ति ।
(ङ) पदयात्री तथा पर्वतारोही टोलीका सदस्य, कार्यकर्ता तथा संलग्न व्यक्तिहरुको स्वास्थ्य उपचारमा उल्लेखनीय योगदान गर्ने संघ/संस्था/        व्यक्ति ।
(च) नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्रको बारेमा तयार पारिएको यात्रा साहित्य, बृत्तचित्र, पुस्तक, गीत, समाजशास्त्रीय अध्ययन, शोध तथा         अनुसन्धान, फोटो तस्वी, चित्रकला, वातावरणीय संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको संघ/संस्था/व्यक्ति ।


 

संस्कृति महाशाखाको विभिन्न कार्यका लागि अनुदान प्राप्त गर्न कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति महाशाखाको विभिन्न कार्यका लागि अनुदान प्राप्त गर्न
कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

(गोरखापत्रमा प्रकाशित मिति : २०६९।१०।२०)

यस मन्त्रालयको चालु आ.ब. २०६९/७० को स्वीकृत संस्कृति प्रवर्द्धन कार्यक्रम अन्तर्गत निम्न कार्यका लागि अनुदान उपलब्ध गराइने कार्यक्रम रहेको हुँदा इच्छुक संघ संस्थाहरुले विस्तृत विवरण सहितको प्रस्तावना  (Proposal) गोरखापत्रमा यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस महाशाखामा आइपुग्ने गरी पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) नेपाल राज्यभर रहेका विभिन्न मठ, मन्दिर, गुम्बा, गिर्जाघर, मस्जिद, गुरुद्धार वा अन्य धार्मिक संस्था र सांस्कृतिक महत्वका वस्तु आदिको संरक्षण एवं जिर्णोद्धार गर्न । नयाँ
२) नेपाल राज्यभर रहेका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन गर्न । नयाँ
३) नेपालको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका विषयमा कृतिहरु लेखी प्रकाशित गर्न बाँकि रहेका कृतिहरुको प्रकाशनका लागि अप्रकाशित कृतिहरु प्रकाशन गर्न । नयाँ
४) राष्ट्रिय प्रतिभा स्मारक कोषका लागि अनुदान प्राप्त गर्न । नयाँ

  • सि. नं. १, २, र ३ को अनुदानको बाडफाँड अनुदान उपलब्ध गराउने र त्यसको उपयोग गर्ने सम्बन्धी आन्तरिक कार्यविधि २०६७ (संशोधित) बमोजिम हुनेछ ।
  • सि.नं. ४ को अनुदानको बाडफाँड राष्ट्रिय प्रतिभा स्मारक अनुदान बितरण राष्ट्रिय प्रतिभा स्मारक कोष अनुदान बितरण कार्यबिधि, २०६४ बमोजिम हुनेछ ।
  • इच्छुक संघ संस्थाहरुले प्रस्तावना पेश गर्दा खाममा संस्थाको नाम, ठेगाना र के कार्यक्रम अन्तर्गत प्रस्ताव पेश गरिएको हो स्पष्ट लेखी पठाउनु पर्नेछ ।

 

क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा निकायलाई अन्यन्त जरुरी सूचना

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको
क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा निकायलाई अन्यन्त जरुरी सूचना 

(गोरखापत्रमा प्रकाशित २०६९।१०।२५  )

     यस मन्त्रालयबाट विभिन्न मितिमा क्यासिनो सञ्चालन गर्न इजाजत लिएका होटल / कम्पनीलाई देहायको विवरण बुझाउन पत्राचार गरिएकोमा पूर्ण रुपमा विवरण प्राप्त हुन नआएकोले यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र निम्नानुसारको विवरण पर्यटन उद्योग महाशाखा, भृकुटीमण्डपमा बुझाउन सम्बन्धित होटल / कम्पनीलाई अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

१. क्यासिनोको इजाजतपत्रको प्रमाणित प्रतिलिपि,
२. हाल क्यासिनोको स्वामित्व तथा सञ्चालन सम्बन्धी विवरण,
३. कुनै स्वामित्व सम्बन्धी विवाद भए सो को विवरण र तत् सम्बन्धी कागजातहरुको प्रमाणित   प्रतिलिपि,
४. अर्को संस्था मार्फत क्यासिनो सञ्चालन गरेको भए सो को सम्झौताको प्रमाणित प्रतिलिपि,
५. कुनै अड्डा अदालतमा क्यासिनो सम्बन्धी विषय विचाराधीन रहेको भए सो को विवरण र त्यस विषयमा अदालतबाट कुनै निर्णय   भएको भए सो को प्रमाणित प्रतिलिपि,
६. चालू आ.व. र विगत आ.व.हरुमा आर्थिक ऐन अनुसार क्यासिनो रोयल्टी तथा अन्य शुल्कहरु बुझाएको प्रमाण ।


 

पर्यटक तथ्यांक प्रशोधन गर्ने कार्यको सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति :— २०६९।१०।१)

पर्यटक तथ्यांक प्रशोधन गर्ने कार्यका लागि सन् २०१३ मा नेपाल आए÷गएका पर्यटकहरुले भरेका डिस्इम्बार्केसन, इम्बार्केशन तथा नेपाली नागरिकहरुले विदेश भ्रमणमा जाँदा तथा फर्कंदा भरेका आगमन तथा गमन कार्डहरु करिव ४४ (चवालीस) लाख प्रति कम्प्युटरको माध्यमबाट यस मन्त्रालयले उपलब्ध गराएको नमूना अनुसार प्रशोधन गराउनु पर्ने भएकोले यो बोलपत्रको सूचना प्रकाशित गरिएको छ । आयकर तथा मुल्यअभिबृद्धि कर(ख्ब्त्)मा दर्ता भएका इजाजत प्राप्त गरेका र सम्बन्धित कार्यमा अनुभव भएका इच्छुक कम्पनी ,फर्म वा संस्थाहरुले यो सूचना पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले ३०औं दिन कार्यालय समयभित्र वोलपत्र फाराम रु. १०००।—(फिर्ता नहुने) मा खरिद गरी  ३१ औं दिन दिनको १२:०० वजे भित्र वोलपत्र यस मन्त्रालयको खरिद इकाईमा दाखिला गर्नु पर्नेछ । दर्ता हुन आएका सिलवन्दी बोलपत्रहरु सोही दिन दिनको १४:०० वजे सिंहदरवारस्थित यस मन्त्रालयको भवनमा खोलिने छ । बोलपत्र सम्बन्धी विस्तृत व्यहोराको सूचना यस मन्त्रालय तथा पर्यटन उद्योग महाशाखा, भृकुटीमण्डपको सूचनापाटीमा तथा मन्त्रालयको वेवसाइट www.tourism.gov.np मा पनि हेर्न सकिनेछ । उक्त दुवै स्थानबाट वोलपत्र फाराम खरिद गर्न सकिने र दाखिलाको हकमा मन्त्रालयको खरिद ईकाइ (कोठा नं. ३१०) मा गर्नु पर्नेछ । विस्तृत जानकारी  लिन चाहेमा मन्त्रालयको खरिद इकाईमा सम्पर्क राख्न सकिनेछ ।


 

उपभोक्ता समिति मार्फत पूर्वाधार विकासको काम गराउन प्रस्ताव आव्हान गरिएको सूचना

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पर्यटन पूर्वाधार विकास आयोजना
सिंहदरवारको
उपभोक्ता समिति मार्फत पूर्वाधार विकासको काम गराउन प्रस्ताव आव्हान गरिएको सूचना

(पत्रिकामा प्रकाशित मिति :– २०६९।१०।०८)

यस आयोजनाको लागि चालु आ.व. ०६९।७० मा स्वीकृत बार्षिक कार्यक्रम अनुसार तोकिएको स्थानमा पूर्वाधार विकास सम्वन्धी निर्माण कार्य स्थानिय उपभोक्ता समिति वा लाभग्राही समुदाय मार्फत गर्नु गराउनु पर्ने भएकोले नियमानुसार गठन तथा सम्वन्धित निकायमा दर्ता भएको उपभोक्ता समितिहरुवाट यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र गर्न चाहेको पूर्वाधार विकास सम्वन्धी काम, स्थान तथा लाभान्वित उपभोक्ताहरुको सहमति सहित प्रस्ताव दर्ता गर्नु हुन सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । स्वीकृत कार्यक्रम अनुसार तोकिएको स्थान र कामको विबरण सहितको विस्तृत सूचना यस आयोजनाको सिंहदरवार स्थित कार्यालयको सूचना पाटीमा तथा मन्त्रालयको वेभसाइट www.tourism.gov.np मा हेर्न सकिनेछ । प्राप्त प्रस्ताव स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार आयोजनामा सुरक्षित रहनेछ । म्याद भित्र रितपूर्वकको प्रस्ताव दर्ता हुन नआएमा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार खरिदका अन्य प्रकृयाद्वारा कार्य गराईने छ । विस्तृत जानकारी लिन चाहेमा आयोजनाको खरिद इकाईमा सम्पर्क राख्नु होला ।
सम्पर्क व्यक्तिः इ. सचिन्द्र कुमार यादव
सेलफोन नं. ९८५११००२३१

विस्तृत विवरणको लागि


 

संस्कृति महाशाखाको विभिन्न कार्यका लागि अनुदान प्राप्त गर्न कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति महाशाखाको विभिन्न कार्यका लागि अनुदान प्राप्त गर्न
कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

यस मन्त्रालयको चालु आ.ब. २०६९/७० को स्वीकृत संस्कृति प्रवर्द्धन कार्यक्रम अन्तर्गत निम्न कार्यका लागि अनुदान उपलब्ध गराइने कार्यक्रम रहेको हुँदा इच्छुक संघ संस्थाहरुले विस्तृत विवरण सहितको प्रस्तावना  (Proposal) गोरखापत्रमा यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस महाशाखामा आइपुग्ने गरी पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) नेपाल राज्यभर रहेका विभिन्न मठ, मन्दिर, गुम्बा, गिर्जाघर, मस्जिद, गुरुद्धार वा अन्य धार्मिक संस्था र सांस्कृतिक महत्वका वस्तु आदिको संरक्षण एवं जिर्णोद्धार गर्न । नयाँ
२) नेपाल राज्यभर रहेका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन गर्न । नयाँ
३) नेपालको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका विषयमा कृतिहरु लेखी प्रकाशित गर्न बाँकि रहेका कृतिहरुको प्रकाशनका लागि अप्रकाशित कृतिहरु प्रकाशन गर्न । नयाँ
४) राष्ट्रिय प्रतिभा स्मारक कोषका लागि अनुदान प्राप्त गर्न । नयाँ

  • सि. नं. १, २, र ३ को अनुदानको बाडफाँड अनुदान उपलब्ध गराउने र त्यसको उपयोग गर्ने सम्बन्धी आन्तरिक कार्यविधि २०६७ (संशोधित) बमोजिम हुनेछ ।
  • सि.नं. ४ को अनुदानको बाडफाँड राष्ट्रिय प्रतिभा स्मारक अनुदान बितरण राष्ट्रिय प्रतिभा स्मारक कोष अनुदान बितरण कार्यबिधि, २०६४ बमोजिम हुनेछ ।
  • इच्छुक संघ संस्थाहरुले प्रस्तावना पेश गर्दा खाममा संस्थाको नाम, ठेगाना र के कार्यक्रम अन्तर्गत प्रस्ताव पेश गरिएको हो स्पष्ट लेखी पठाउनु पर्नेछ ।

 

स्टेशनरी सामान सप्लाई तथा छपाई कार्य सम्वन्धी वोलपत्र आव्हान गरिएको सूचना

यस मन्त्रालयको लागि चालु आ.व.०६९।७० मा आवश्यक पर्ने स्टेशनरी सामान सप्लाई तथा छपाई गर्ने कार्य समेत एकै प्याकेजमा सिलवन्दी वोलपत्रको माध्यमवाट ठेक्का व्यबस्थापन गर्नु पर्ने भएकोले यो वोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । आयकर तथा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका ईच्छुक फर्म, कम्पनी वा संस्थाहरुले यो सूचना पत्रिकामा प्रकाशित भएको मितिले ३० औं दिन कार्यालय समय सम्म वोलपत्र फाराम खरिद गरी ३१ औं दिन दिनको १२.०० वजे भित्र सिलवन्दी वोलपत्र दाखिला गर्नु पर्नेछ । दर्ता हुन आएका वोलपत्रहरु सोही दिन दिनको १४.०० वजे मन्त्रालयको सिंहदरवार स्थित कार्यालय भवनमा खोलिनेछ । वोलपत्रको विस्तृत विबरण सहितको सूचना यस मन्त्रालयको सिंहदरवार स्थित भवन र पर्यटन उद्योग महाशाखा प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सूचना पाटीमा हेर्न सकिनेछ । उक्त दुवै स्थानवाट वोलपत्र फाराम खरिद गर्न सकिने र दाखिलाको हकमा मन्त्रालयको खरिद इकाई (कोठा नं. ३१०) मा गर्नु पर्नेछ । विस्तृत जानकारी लिन चाहेमा मन्त्रालयको खरिद इकाईमा सम्पर्क राख्न सकिनेछ ।

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार
स्टेशनरी सामान सप्लाई तथा छपाई सम्वन्धी सिलबन्दी बोलपत्र अव्हान गरिएको सूचना

पत्रिकामा प्रकाशित मिति २०६८।५।४

   आ.व.२०६९।७० का लागि मन्त्रालयलाई आवश्यक पर्ने स्टेशनरी सामान सप्लाई तथा छपाई सम्बन्धी कार्य गर्नु पर्ने भएकोले आयकर तथा मूल्य अभिबृद्धि कर (VAT) मा दर्ता भएका इजाजत प्राप्त इच्छुक फर्म, कम्पनी वा संस्थाहरुबाट निम्नानुसारका शर्तहरुको अधिनमा रही बोलपत्र दाखिला गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । यो सुचना यस मन्त्रालयको सुचना पाटीमा पनि हेर्न सकिने छ । विस्तृत जानकारीका लागि मन्त्रालयको खरिद ईकाइ ( कोठा नं. ३१०)मा सम्पर्क राख्न सकिने छ ।
१. यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र बोलपत्र फाराम खरिद गरी ३१ औं दिन दिनको १२:०० बजे भित्र बोलपत्र दाखिला गर्नु पर्नेछ । वोलपत्र दाखिला गर्ने दिन विदा पर्न गएमा लगतै कार्यालय खुलेको दिनलाई मानिने छ ।
२. बोलपत्रदाताले रु.८३०००।(त्रियासी हजार)बराबरको रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय, काठमाण्डौको  एभरेष्ट बैंक सिंहदरवार स्थित धरौटी खाता नं. १३५००१ मा जम्मा गरेको बैंक भौचर वा कम्तिमा १२० दिन म्याद भएको बैंक जमानत, संस्थादर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयकरदर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धि कर (VAT) मा दर्ता भएको  प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
३. बोलपत्र साथ सम्बन्धित बोलपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको,  खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र पेशा सम्बन्धी कसूरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा व्यक्त गरेको घोषणा कागजातमा अनिवार्य रुपमा हस्ताक्षर र सहिछाप गरेको हुनुपर्ने छ ।
४. दाखिला हुन अएका बोलपत्रहरु सुचना प्रकाशित भएको ३१औं दिन दिनको १४.०० बजे मन्त्रालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । निजहरु उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. विल अफ क्वाण्टिटिजमा निर्दिष्ट भए अनुसार प्रति इकाई दर तथा जम्मा कबोल रकम उल्लेख गरी सो को जोडजम्मा रकममा मूल्य अभिवृद्घि कर (VAT) समेत जोडी कुल जम्मा अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईने छ ।
६. रित नपुगेको ,म्याद नाघि प्राप्त भएको वा केरमेट भै अंक अक्षर नबुझिने तथा बोलपत्रदाताको हस्ताक्षर नभएको बोलपत्र उपर कुनै कारवाई हुने छैन । बोलपत्र स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार मन्त्रालयमा निहित रहने छ ।
७. बोलपत्र फाराम पर्यटन उद्योग महाशाखा, भृकुटिमण्डप र मन्त्रालयको आर्थिक प्रशासन शाखाबाट रु.१०००। तिरी खरिद गर्न सकिने छ । तर बोलपत्र दाखिला सम्बन्धी कार्य मन्त्रालयको खरिद इकाईमा मात्र हुने छ ।  यो सुचनामा नपरेका कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुने छ ।


 

निजामती पुरस्कार सम्बन्धी सूचना

सामान्य प्रशासन मन्त्रालयको प.स. ०६९।७० च. नं. ४ मिति २०६९।४।२ को पत्रबाट आ.व. २०६८।६९ को निजामती सेवा पुरस्कारका लागि योग्य उम्मेदवार छनौट गरी पठाई दिन अनुरोध गरी आएको छ । उक्त पुरस्कारको लागि यस मन्त्रालय र अन्तर्गत कार्यरत योग्य कर्मचारीहरुले मिति २०६९।४।२३ गते भित्र यस मन्त्रालयमा आवेदन दिन हुन सूचित गरिन्छ ।

विस्तृत विवरणका लागि

देवी पाण्डे (खत्री)
शाखा अधिकृत


 

पुष्पलाल राष्ट्रिय पुरस्कारका लागि नाम सिफारिस गर्ने वारेको आह्वान

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पुष्पलाल राष्ट्रिय पुरस्कारका लागि नाम सिफारिस गर्ने वारेको आह्वान

नेपाल सरकारको आ.व. २०६८/०६९ को स्वीकृत कार्यक्रम अनुसार पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरिने भएकोले निम्नानुसारका क्षेत्रमा संलग्न व्यक्ति वा संस्थाको नाम चयनका लागि मिति २०६९ आषाढ १० गतेभित्र यस मन्त्रालयमा प्राप्त हुने गरी विषयक्षेत्र किटान गरी पुरस्कार दिन योग्य व्यक्ति वा संस्थाको विवरण सहित सिफारिश गर्नका लागि यो सूचना गरिएको छ । पुरस्कार सम्बन्धी मापदण्ड तथा कार्यविधि यस मन्त्रालयको वेभसाइट www.tourism.gov.np मा राखिएको छ ।
१. पुरस्कारका विषयक्षेत्र
क) राजनीतिक/सैद्धान्तिक :
मुलुकमा प्रगतिशील राजनीतिक परिवर्तनका निम्ति गरिएका महत्वपूर्ण योगदान तथा पुष्पलालले अगाडि सारेका राजनीतिक सिद्धान्त एवम् कार्यक्रमहरूको कार्यान्वयनका निम्ति विशेष योगदान एवम् सहयोग र राजनीतिकशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज अनुसन्धान र लेखन कार्य मार्फ नेपाली समाजको प्रगतिशील परिवर्तनका निम्ति गरिएका महत्वपूर्ण योगदान ।
ख) इतिहास:
नेपाली समाजको इतिहास, नेपालका राजनीतिक आन्दोलनहरूको इतिहास र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास सम्बन्धी खोज अनुसन्धान र लेखन कार्यमार्फ गरिएका योगदान ।
ग) साहित्य, संस्कृति र विज्ञान :
प्रगतिशील साहित्य सिर्जना र नेपाली समाजका सांस्कृतिक पक्षको खोज अनुसन्धान तथा लेखन र विज्ञान प्रविधिको क्षेत्रमा गरिएका खोज अनुसन्धान एवम् लेखन कार्य ।
२. आवेदन दिंदा वा सिफारिस गर्दा संलग्न राख्नुपर्ने विवरण र कागजातहरु :    
क) व्यक्ति/संस्थाको विवरण : नाम, स्थायी, अस्थायी र सर्म्पर्क ठेगाना फ्याक्स, पो.ब.नं.,फोन,मोबाइल नम्वर
ख) प्रकाशित उत्कृष्ट कृतिहरुको विवरण -सम्भव भए कृतिहरु सहित)
ग) अन्य सामग्री, प्रकाशन, कागजातहरु भए सो समेत
द्रष्टव्य : पुरस्कारका लागि प्राप्त हुने सिफारिस वा आवेदन चयन समितिको जानकारीको प्रयोजनका लागि सिमित रहने छ । सिफारिस वा आवेदनका आधारमा मात्र पुरस्कारका लागि चयन गरिने छैन ।

आवेदन/सिफारिस पठाउने ठेगाना

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति प्रवर्द्धन महाशाखा सिंहदरबार, काठमाण्डौ
फोन नं. ४२११६२८ फ्याक्स नं ४२११७५८   

पुष्पलाल स्मृति प्रतिष्ठान 
कीर्तिपुर- ६, चम्पादेवी, काठमाडौं
फोन नं. ४३३२०७७, ४३३२१०५ 


 

ट्राभल, ट्रेकिंग, होटल लगायत सम्बन्धित सबैलाई सूचना

पर्यटन उद्योग महाशाखाको
अत्यन्त जरुरी सूचना

(गोरखापत्रमा प्रकाशित मिति २०६८।१२।१७ शुक्रवार)

पर्यटन (दोश्रो संशोधन) ऐन २०३५ ले पर्यटनसँग सम्वन्धित उद्योग वा क्रियाकलाप इजाजत नलिई कसैले संचालन गर्न नपाउने व्यवस्था गरेको छ । यस मन्त्रालयबाट इजाजत पत्र लिएर मात्र संचालन गर्नु पर्ने पर्यटनसँग सम्बन्धित ट्राभल, ट्रेकिंग, तारे तथा पर्यटक स्तरको होटल, लज, रेष्टुँरा वा बार, पथ प्रदर्शकको कार्य, पदयात्रा, जलयात्रा, ग्लाइडिंग, स्कीइंग तथा तोकिएका अन्य पर्यटकीय व्यवसायहरु पर्यटन ऐन २०३५, होटल, लज, रेष्टुँरा वा रिजर्ट, बार तथा पथ पदर्शक नियमावली २०३८, पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ जलयात्रा नियमावली २०६३, ट्राभल तथा ट्रेकिंग नियमावली २०६२, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आन्तरिक कार्यविधि निर्देशिका २०६४ र पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सन्चालन कार्यविधि २०६८ बमोजिम इजाजतपत्र तथा अनुमति लिएर मात्र संचालन गर्नु गराउनु हुन सूचित गरिन्छ ।
पर्यटन ऐन, २०३५ बमोजिम पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत नलिई ट्राभल, ट्रेकिंग, एजेन्सीको काम भए गरेको पाइएमा सोही ऐनको दफा ९ बमेाजिम नेपाल सरकारले सो एजेन्सीको कारेावर बन्द गर्न लगाई २० हजार सम्म जरिवाना हुने तथा यसरी सजाय गर्दा पनि अटेर गरेमा पहिलो पटकलाई ४० हजार र दोश्रो पटकलाई ८० हजार जरिवाना गरि त्यस्तो ट्राभल वा ट्रेकिंग एजेन्सीको इजाजत रद्द हुने । तारे तथा पर्यटक स्तरको होटल, लज, रेष्टुँरा तथा रिजर्ट र बारले पर्यटन ऐन २०३५ को दफा १५ अनुसार दफा १० बमेाजिम दर्ता वा नवीकरण नगर्राई कसैले बिना इजाजत पर्यटक स्तरको होटल हो भनी कुनै होटल, लज, रेष्टुँरा वा बार सन्चालन गरेमा वा पर्यटक स्तरको रुपमा होटल, लज, रेष्टुँरा वा बारको शब्द वा चिन्ह प्रयोग गरेमा वा पर्यटकसँग सर्म्पर्क राखेमा पहिलो पटक भए दश हजार रुपियाँसम्म, दोश्रो पटक भए दश हजार रुपियाँदेखि तीस हजार रुपियाँसम्म र तेश्रो पटकदेखि प्रत्येक पटकको तीस हजार रुपियाँदेखि पचास हजार रुपियाँसम्म जरिवाना हुने तथा सोही ऐनको दफा ४५ अनुसार दफा ३९ बमोजिम इजाजत प्राप्त नगरी कुनै व्यक्तिले पथ पदर्शकको काम गरेमा ४ हजार रुपियासम्म जरिवाना, इजाजतपत्र नवीकरण नगरी पदप्रदर्शकको काम चालू राखेमा २ हजार सम्म जरिवाना हुने र सोही ऐनको दफा ४५क. र ४५ख. बमोजिम पदयात्रा, जलयात्रा, ग्लाइडिंग, स्कीइंग तथा तोकिएका अन्य पर्यटकीय व्यवसायहरुको अनुमति नलिई संचालन गरेमा त्यस्तो व्यक्तिलाई २० हजारसम्म जरिवाना गरिने हुँदा आआफ्नो व्यवसाय दर्ता गरि संचालन गर्नु हुन अनुरोध छ । अन्यथा कारवाही तथा जरिवाना भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मोहन कृष्ण सापकोटा
सहसचिव


First | Previous Page No. 1 out of 2 Pages. Next | Last
 
border
   
border

 

 
 
   
सर्वाधिकार © संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय