नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाण्डौ, नेपाल

नतिजामुखी प्रशासन, समृद्धि र सुशासन

नेपाल वायुसेवा निगमको उडान नं. RNA 231 (KTM-DWC) को मिति २०७५/१२/१९ साँझ ९:१५ को उडान निर्धारित समयमा उड्न नसकेको सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल वायुसेवा निगमको  काठमाण्डौबाट दुबई (संयुक्त अरब इमिरेट्स) तर्फ जाने उडान नं. RNA 231 (KTM-DWC) को मिति २०७५/१२/१९  साँझ ९:१५ मा तय भएको नियमित उडान निर्धारित समयमा उड्न नसकि रद्द भएकोले सो उडानमा भएको कमि कमजोरीको अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार (माननीय राज्यमन्त्रीस्तर) को मिति २०७५/१२/२० को निर्णयबाट यस मन्त्रालयका सहसचिव श्री बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले आज मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ।

उक्त छानबिन समितिलाई उल्लेखित घटना के भएको हो ? उक्त घटनाका दोषी पहिचान गर्ने, लापरवाही गर्नेलाई गर्नुपर्ने कारबाहि सिफारिस गर्ने तथा भविष्यमा यस्ता घटना हुन नदिने सुझाव दिने कार्य जिम्मेवारी दिइएको थियो।

उल्लेखित घटनाको अध्ययन तथा छानबिनबाट उक्त समितिले देहाय बमोजिम कमी-कमजोरी, जिम्मेवार पदाधिकारी, आवश्यक कारबाही सिफारिस तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिनको लागि सुझावहरु पेश गरेको छ।

जिम्मेवार पदाधिकारीलाई कारबाही सिफारिस

उक्त घटनासँग सम्बन्धित विभिन्न निकायका छ जना कर्मचारीलाई विभागीय कारबाहीको लागि समितिले किटानी सहित कारबाही सिफारिस गरेको छ। उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुइ जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय गरेको नदेखिएकोले विभागीय कारबाही गर्न सिफारिस गरेको छ। साथै उक्त उडान रद्द भैसकेपछि यात्रुहरुको उचित व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचाल्ने नेपाल वायुसेवा निगमका उक्त विमानस्थल स्थित दुइ जना पदाधिकारीलाई विभागिय कारबाही गर्न तथा समयमा Hanger बाट Parking Bay मा जहाज ल्याउने सन्दर्भमा समन्वयमा कमजोरी देखिएकोले NAC का  दुइ जना कर्मचारीहरुलाई कारबाही सिफारिस गरिएको छ।

साथै, अनुसन्धानको क्रममा Fly Dubai को उडान - 09 April को घटनाको सम्बन्धमा विस्तृत छानबिन गरी जिम्मेवार पदाधिकारीलाई कडा कारबाही गर्न समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने समेत सिफारिस गरेको छ।

भविष्यमा यस्ता घटना हुन नदिन सुधारका लागि सिफारिस

RNA 231 उडान रद्द सम्बन्धी विस्तृत विश्लेषण गर्दा व्यक्तिगत रुपमा सबै जनाले आ-आफ्नो कार्य गर्न खोजेको देखिएता पनि यस्ता घटनामा कार्य सम्पादन गर्ने तरिकाबारे लिखित प्रकृया नहुनु र आदेश निर्देशनका भरमा अपरेशन सञ्चालन गर्ने परिपाटी मुख्य जिम्मेवार देखिन्छ। त्यसैले विमानस्थलमा उडान संचालनमा संलग्न निकायहरुमा प्रणालीगत विकास गरी सोही प्रणालीले कार्य सम्पादन गर्दा यस्ता घटनाहरु नदोहोरिने स्पष्ट देखिन्छ। तसर्थ, त्रि.अ.वि. ना.उ.का. र ने.वा.नि. व्यवस्थापनलाई भविष्यमा यस्तो किसिमको घटना दोहोरिन नदिने गरी प्रणालिगत सुधार सहित विमानस्थल तथा वायुसेवा संचालन स्पष्ट विधि प्रक्रिया तर्जुमा गरी प्रभावकारी कार्यान्वयनका लागि सं.प. तथा ना.उ. मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई निर्देशन दिने सिफारिस गरिएको छ।

Runway Closure सम्बन्धी NOTAM को सूचनाको कार्यान्वयन समान रुपमा सबै पदाधिकारीबाट हुनु पर्ने, संवेदनशील परिस्थितिमा निर्णय गर्नु पर्दा TIA को Shift Incharge ले CAAN को माथिल्लो तहसम्म   समन्वय गरी स्पष्ट निर्देशन प्राप्त गरेर मात्र निर्णय गर्नु पर्ने,   Runway Rehabilitation मा असर नपर्ने गरी Buffer Time लाई उपयोग गर्ने अधिकार Shift       Incharge ले TDO र Construction Company को प्रतिनिधि बिच समन्वय गरी गर्ने व्यवस्था CAAN ले मिलाउनु पर्ने, Tower को निर्देशानुसार यात्रु Onboard गरेर उडानको लागि सबै ढोका बन्द गरेर उडानको पूर्ण तयारी अवस्थामा पुगेको कुनै पनि अन्तर्राष्ट्रिय वायुयानलाई उपयुक्त समन्वयमा काममा प्रतिकुल असर नपर्ने गरी सम्भव भएसम्म उडाउने गरी TIA व्यवस्थापनले आवश्यक पहल गर्नु पर्ने, NOTAM को समयभित्र उडानको समय पुग्ने आँकलन भएमा सो calculation गरि त्यस्ता उडानको हकमा उडानको प्रारम्भिक तयारी नगर्न र नगराउन TIA तथा वायुसेवा कम्पनीहरुले आपसी समन्वयमा पूर्व निर्णय लिनु पर्ने जस्ता विविध नीतिगत, संस्थागत, प्रक्रियागत एवं व्यवहारजन्य सुधारको लागि सुझाव दिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।

                                                            (घनश्याम उपाध्याय)

                                                              प्रवक्ता/सहसचिव

23rd Aug 19 19:36:22

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
1092747