Government Of Nepal

Ministry Of Culture, Tourism and Civil Aviation

Singhadurbar, Kathmandu, Nepal

सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सम्बन्धी सूचना (प्रकाशित मिति : २०७४।१२।०७)

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति महाशाखा
सिंहदरबार

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सम्बन्धी सूचना
मिति २०७४।१२।०७



आ.व. २०७४÷७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहायका विधामा एक–एक लाख रुपैयाँको “राष्ट्रिय प्रतिभा पुरस्कार” र प्रत्येक विधामा सात वटा प्रदेशबाट एक–एक जनालाई रु. ५० हजारको दरले “प्रादेशिक प्रतिभा पुरस्कार” प्रदान गरिने हुँदा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको लागि देहायका विधा र क्षेत्रमा उदाहरणीय कार्य गरी राष्ट्रका लागि योगदान दिएका व्यक्ति तथा संस्थाहरूले निम्न प्रक्रिया बमोजिम यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस मन्त्रालयको संस्कृति महाशाखामा विवरण पेश गर्न आह्वान गरिएको छ । 

(राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि, २०७४ यहाँबाट डाउनलोड गर्न सकिन्छ । विवरण पेश गर्ने फाराम कार्यविधिको अनुसूची २ मा उल्लेख गरिएको छ ।)

Prativa Puraskar karyabidhi

१. पुरस्कारका मूल विधा र क्षेत्रः

मूल विधा                क्षेत्र
क) संस्कृति            इतिहास, संस्कृति, पुरातत्व, समाजशास्त्र, मानवशास्त्र ।
ख) नाट्य संगीत     नाट्य, संगीत, नृत्य
ग) ललितकला        चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला, शिल्पकला ।
घ) साहित्य             राष्ट्रभाषाहरुको काव्य, कविता, आख्यान, निबन्ध, समालोचना, नाटक ।

२. सिफारिस प्रक्रिया ः
क) प्रतिभा पुरस्कारका लागि सम्बन्धित विधाको कृति संलग्न राखीे संस्थागत वा व्यक्तिगत रुपमा विवरण पत्र  दिन सक्ने छन् ।
ख) प्रतिभा पुरस्कारका लागि विवरण फाराम मन्त्रालयको ध्भदकष्तभस् धधध।तयगचष्कm।नयख।लउ बाट प्राप्त गर्न सकिनेछ ।

३. संलग्न गर्नु पर्ने विवरण र कागजातहरु ः     
क) विवरण फाराम अनुसार स्रष्टाको व्यक्तिगत विवरण ।
ख) पासपोर्ट साइजको २ प्रति फोटो ।
ग) प्रकाशित उत्कृष्ट कृतिहरु –(एक एक प्रति) तथा अन्य सामग्रीको विवरण ।
घ) अन्य सामग्री, प्रकाशन, कागजातहरू भए सो समेत ।
ङ) प्रकाशित कृति नभएको अवस्थामा प्रतिभाको परिचयात्मक अन्य सामाग्री ।
 

7th Sep 18 00:11:41

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
450619