Press Releases
विमान दुर्घटना सम्बन्धी प्रेस विज्ञप्ती तथा दुर्घटना जाँच आयोग गठन
मिति : २०७०।२।२
आज मिति २०७० जेष्ठ २ गते (19 May 2013) स्थानीय समय अनुसार विहान ८.३० वजे पोखराबाट मुस्ताङ्ग जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको नेपाल वायुसेवा निगमको 9N–ABO, DHC6 Twinotter विमान (चार्टर उडान) जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गबाट over run भई कालीगण्डकी नदीमा खसी दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा जापानी नागरिकहरु ८ जना –यात्रु, नेपाली वयस्क १० जना, १ जना नावालक तथा चालकदलका सदस्यहरु ३ जना सहित जम्मा २२ जना रहेका थिए । उक्त जहाजका ७ घाइतेहरु मध्ये ५ जनालाई Air Dynasty को हेलिकप्टरबाट पोखरा ल्याईएको थियो । पोखरा अस्पतालमा उपाचाररत चालक दलका २ जना सदस्यहरुलाई पोखरास्थित गण्डकी अस्पतालका डा.भरत बहादुर खत्रीको सिफारिश समेतको आधारमा थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौंको त्रि.वि.शिक्षण अस्पताल ल्याई उपचार भइरहेको छ भने सामान्य अवस्थाका ५ जना घाइते यात्रुहरु जोमसोममा नै उपचार गराई आ–आफ्नो गन्तव्य तर्फ गइसकेका छन् ।
उक्त वायुयान दुर्घटना सम्बन्धमा २ महिनाभित्र छानविन गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरु, २०२४ को नियम १४ बमोजिम नेपाल सरकारले देहाय बमोजिमको दुर्घटना जाँच आयोग गठन गरेको छ ।
श्री रामप्रसाद न्यौपाने, पूर्व महानिर्देशक, नेपाल नागरिक उड्डयन प्रधिकरण – अध्यक्ष
क्या. श्री प्रभाकर घिमिरे, सिनियर पाइलट, तारा एयर – सदस्य
श्री मेघेन्द्र कुमार श्रेष्ठ, सि.एरोनटिकल इन्जियिनर – सदस्य
सहसचिव, संस्कृति, पर्यटन तथा ना.उ. मन्त्रालय श्री बुद्धिसागर लामिछाने – सदस्य सचिव
साथै आगामी दिनमा नागरिक उड्डयनलाई बढी सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन मन्त्रालयले सुरक्षाका सबै उपायहरु अवलम्बन गरी अझ क्रियाशील रहन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूले सम्वन्धित सबैलाई निर्देशन समेत दिनु भएको जानकारी गराइन्छ ।
(मोहन कृष्ण सापकोटा)
सहसचिव तथा प्रवक्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवार
Press Release
मिति २०६९।१२।२
मिति २०६९।६।१२ गतेका दिन काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको डोर्नियर (9N-AHA) विमान मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ स्थित मनोहरा खोला किनारामा दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित दुर्घटना जाँच आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारले थप गरी दिएको म्याद भित्र आज मिति २०६९ चैत्र २ गते पेश गरेको छ । आयोगले दुर्घटना जाँचको सिलसिलामा उडान सुरक्षा अभिवृद्धिको लागि यस अघि नै तत्कालै लागू गर्न सम्वन्धित निकायलाई ३ वटा अन्तरिम सुरक्षा शिफारिस गरेको थियो ।
वायुयानको ईन्जिन, प्रोपेलर÷गभर्नर, फ्यूल कन्ट्रोल यूनिट, फ्यूल पम्प आदि Components को अमेरिकाको विभिन्न स्थानमा रहेका निर्माता कम्पनीहरुमा पठाई विस्तृत परीक्षण, वायुयान निर्माता कम्पनी RUAG जर्मनीमा वायुयानको परफर्मेन्स जाँच र CVR/FDR को वेलायतमा Readout एवं विश्लेषण गराउन तथा वडादशैं, तिहार, Christmas र अंग्रेजी नयाँवर्षको विदा समेतको कारणले शुरुमा तोकिएको तीन महिनाको म्यादले नपुगी दुई पटक १ र १ १/२ महिना म्याद थप गरिएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) बाट जारी भएको Annex 13 Aircraft Accident and Incident Investigation को Chapter 6 मा जाँच कार्यमा संलग्न मुलुकहरुको राय÷प्रतिक्रियाको लागि पठाउनु पर्ने र ती मुलुकहरुबाट प्रतिक्रियाहरु प्राप्त भएपछि सो को आधारमा परिमार्जन वा अनुसूचीकृत गरी अन्तिम प्रतिवेदन तयार गर्नु पर्ने, ती मुलुकहरुबाट ६० दिन भित्र प्रतिक्रिया प्राप्त नभएको खण्डमा यही प्रतिवेदनलाई अन्तिम प्रतिवेदनको रुपमा सम्वन्धित निकाय तथा मुलुकहरुमा पठाउने र सोही अनुसार अन्तिम प्रतिवेदन सम्भव भएसम्म दुर्घटना भएको एक वर्ष भित्रमा सार्वजनिक गर्न सकिने प्रावधान रहेको छ ।
अतः दुर्घटना जाँच आयोगबाट प्राप्त प्रतिवेदन Annex 13 को उपरोक्त प्रावधान वमोजिमको कार्य सम्पन्न भए पछि अन्तिम प्रतिवेदन सम्वन्धित निकाय तथा मुलुकहरुमा पठाइने एवं सार्वजनिक गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
(वालकृष्ण घिमिरे)
सहसचिव एवं प्रवक्ता
महाकवि देवकोटा पुरस्कार घोषणा
महाकवि देवकोटा पुरस्कार घोषणा
Press Release of Air Accident
September 30, 2012
In the connection of ill-fated Sita Air Dornier 9N-ANN accident of 28th September 2012 an emergency meeting about aviation safety was held on Saturday on 29th September 2012 in Civil Aviation Authority of Nepal (CAAN) Babarmahal chaired by Hon. Minister for Culture, Tourism and Civil Aviation Mr. Posta Bahadur Bogati and officiating secretary, Joint secretary of the Ministry, officiating DG of CAAN, General Manager of TIA and top level officials were participated in the meeting. It was highly important meeting in which owners /management chiefs of airlines, pilots, chief of aviation safety and quality assurance units, engineers of airlines also attended the meeting. Visualizing the importance of the safety of aviation, the meeting unanimously decided to implement several safety measures as follows:-
- Meeting has expressed deep condolence to family of all crew members and passengers.
- All airlines shall implement quality assurance and flight safety measures and CAAN shall monitor and supervise all the operation functions with special concern on technical document update.
- Safety inspectors will be deployed immediately at Kathmandu, Pokhara and Nepalgunj and the number of flight safety Inspector and other personnel shall be increased.
- Regular coordination meeting between airport security, CAAN and airlines will be organized.
- A separate and permanent body shall be formed to investigate about aviation accident.
- High level aviation safety agency shall be formed.
- Priority shall be given to develop aviation safety infrastructure.
- Civil Aviation policy shall be revised and it is also decided to recommend waiving customs duties to import aeroplanes and their accessories.
- Bird Control Committee on TIA shall be activated.
- Monitoring shall be done with high priority mobilizing all staffs and advisors also on contract basis.
- High level review meeting on air safety will be held once in a month.
(Balkrishna Ghimire)
Joint-Secretary
Spoke Person
Press Release of Pokhara Airport
मितिः– २०६९।६।११
श्री पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका
आदरणीय महानुभावहरु ।
पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनाउन सरोकारवालाहरुले देखाउनु भएको एकता प्रति समर्थन व्यक्त गर्दै विमानस्थल बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विमानस्थल बनाउने प्रक्रियालाई छिटो छरितो रुपमा निर्णयमा पुग्न हरसम्भव प्रयास गरिरहेको छ । मित्रराष्ट्र चीन सरकारको सहयोगमा बन्नुपर्ने यस विमानस्थलको आर्थिक र प्राविधिक पक्षहरु एवं चीन र नेपालका आ आफ्नै कानुनी प्रावधानहरुलाई समन्वय गर्दै छिटो निष्कर्षमा पुग्नका लागि मन्त्रालय लागि परिरहेको छ । यसै सन्दर्भमा यस मन्त्रालयका सचिव श्री यज्ञ प्रसाद गौतमको नेतृत्वमा उच्चस्तरीय टोली हिजो नै चीन तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँदछु । पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्नुपर्ने कुरामा दुईमत छैन । विमानस्थल, बाटो घाटो लगायतका पर्यटन पूर्वाधार बनाउने विषयलाई मन्त्रालयले उच्च प्राथमिकता दिदै आएको छ ।
पोखरा एवं अन्नपूर्ण क्षेत्र नेपालको मात्र नभई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा रहेको स्थान हो । यहाँ गरिने हरेक क्रियाकलापहरुले दीर्घकालीन रुपमा पर्यटनलाई सकारात्मक र नकारात्मक असर पार्ने हुन्छ । विमानस्थल निर्माणको माग गर्दै हाल भईरहेका गतिविधिले दीर्घकाल सम्म पोखरामा मात्र नभई नेपालकै पर्यटन उद्योगमा प्रतिकुल असर पर्ने संभावना देखिएको छ । तसर्थ मन्त्रालयले विमानस्थल निर्माण प्रक्रिया छिटो निष्कर्षमा पु–याउन गरिरहेको प्रयासलाई मनन गरी पर्यटन उद्योगमा प्रतिकुल असर पार्ने सम्पूर्ण गतिविधि र बिरोध कार्यक्रमहरु स्थगित गर्न हार्दिक अनुरोध गर्दछु ।
पोष्ट बहादुर बोगटी
मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
Press Release 25th September 012
25th September 2012
The Ministry of Culture, Tourism and Civil Aviation hereby informed to all concerned that, the search & rescue operation of Manaslu Avalanche of 23rd September, 2012 will continue in the coming days also. We organized the review meeting in the ministry today in participation of Nepal Mountaineering Association, Himalaya Rescue Association and other Concerned Trekking Agencies and decided to continue search & Rescue operation for the missing persons. The Meeting decided to request to the Ministry of Home Affairs for the cooperation of Local Police. It is also recommended to form a management committee including NMA, TAAN, HRA and other Stakeholders for effective search & rescue operation in High Mountains.
The Meeting also expresses deep sorrow for untimely death of adventurous personalities and expresses condolence to their families & relatives and wishes for recovery of injured persons and thanks to all for their co-operation & support.
Balkrishna Ghimire
Joint Secretary and Spokesperson
Press Release
Press Release of Manaslu Avalanche
It is informed to all concerned that, the Manaslu Avalnche of 23rd September 2012 has seriously harmed to autumn season 2012 expeditions. The detail of the injuries, death & missing is as follows as per the report of Handling Agencies.
| Handling Agency |
Expedit Team |
Death Persons |
Missing |
Resued |
Remarks |
| Expes.com Pvt.Ltd |
Expes.com Manaslue Exp. 012 ATM |
Mr. Fabrice priez (France), PP No. 03KF45393
Mr. Phillppe Lucien Bos (France), PP No. 12A134445
Ms. Catherine Marrie Andree Richard (France), PP No. 10CL42726
Mr. Ludovic Paul Nicolas Challeat (France), PP No. 09PR18989
|
Mr. Dominique Quimet (Candada). PP No. 03KF45393 |
3 |
|
| Seven Summit Treks Pvt.Ltd. |
Seven Summit Manaslu Expd. 012 |
Mr. Marti Roig Gasull (Spain), PP No. AAB009511 |
|
|
|
| Cho Oyu Trekking Pvt. |
International Manaslu Autumn Expd. 2012 |
Mr. Alberto Magliano (Italy), PP No. G326261
Mr. Dawa Dorji Sherpa (Nepali)
|
|
|
|
| Himalayan Guides Nepal Treks & Expedition Pvt. Ltd. |
Manaslu Expd. Autumn 2012 |
|
Mr. Remy George lecluse (France), PP No. 04RK321982
Mr. Gregory Ugo Costa (France), PP No. 03RC20641 |
|
|
| Thamserku Trekking Pvt. Ltd. |
Amical Alpine Manaslue Expd. 2012 Autumn |
Mr. Christian Mittermeyer (German), PP No. 857917522 |
|
|
|
Ministry of Culture, Tourism & Civil Aviation expresses deep sorrow for untimely death of adventurous personalities and expresses condolence to their families & relatives and wishes for recovery of injured persons. The search & rescue operation is going on and will continue. Ministry also thanks to all for their co-operation & support.
(Balkrishna Ghimire)
Joint Secreatry
प्रेस विज्ञप्ति
मिति २०६९।५।३
नेपालका सुन्दर पर्यटकीय गन्तव्यहरुमा व्यक्तिगत पदयात्रा (Free Individual Trekking) जान प्रतिबन्ध लगाइएको, पदयात्रामा जाँदा अनिवार्य रुपमा भरिया वा गाइड लैजानु पर्ने भएको र यस्तो व्यवस्था September 1st देखि लागू भएको भनी केही संस्थाहरुलाई उल्लेख गर्दै समाचार प्रकाशित भएको प्रति यस मन्त्रालयको गम्भिर ध्यान आकर्षण भएको छ ।
पर्यटकको पदयात्रा सुरक्षित तथा भरपर्दो बनाउने सम्बन्धमा विभिन्न तहमा छलफल भैरहेको भएतापनि हालसम्म पदयात्रामा सहयोगी अनिवार्य रुपमा लैजाने सम्बन्धमा कुनै निर्णय भैनसकेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी हुन अनुरोध गरिन्छ ।
नेपालका केही पदयात्रा मार्ग, उच्च हिमाली क्षेत्र र दुर्गम स्थानहरुमा बसोबासको समूचित प्रबन्धकालागि, पदयात्रा मार्गको बृहत नक्सा उपलब्ध नभएको अवस्थामा पदयात्रालाई सुनिश्चित गर्नकोलागि र उच्च हिमाली क्षेत्रमा हुने मौसमी अनुकूलनको समस्या निराकरण जस्ता कारणले पथप्रदर्शक (Guide), भरिया वा सहयोगी भएमा पदयात्रीको सेवा सुविधामा सकारात्मक असर पार्ने मन्त्रालयको धारणा रहेको बिषयलाई सकारात्मक रुपमा लिनुहुन र यस सम्बन्धमा कुनै जिज्ञासा वा अस्पष्टता भए यस मन्त्रालयमा सम्पर्क गर्न समेत हार्दिक अनुरोध छ ।
बालकृष्ण घिमिरे
सहसचिव
ITB Berlin 2012 मा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरज्यूको सहभागिता सम्बन्धी कार्यक्रमको नेपाली राजदूतावास, बर्लिनबाट प्राप्त प्रेस विज्ञप्ति
पर्यटन क्षेत्रमा अत्यन्त महत्वपुर्ण मानिने तथा यही मार्च ७ देखी ११ सम्म जर्मनीको राजधानी बर्लिनमा संचालन भईरहेको बृहद् अन्तर्राष्ट्रय मेला ITB Berlin 2012 मा भाग लिने सिलसिलामा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगर तथा उहांकी धर्मपत्नी श्रीमती गंगा बुढा ८ मार्च २०१२ अपरान्ह टेगेल अन्तर्राष्ट्रय विमानस्थल बर्लिनमा आईपुग्नुहुंदा जर्मनीका लागि नेपाली राजदुत महामहिम सुरेशप्रसाद प्रधान, उप-नियोग प्रमुख श्री प्रकाशमणि पौडेल, नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा तथा नेपाल पर्यटन बोर्डका जर्मनी स्थित स्थायी प्रतिनिधि श्री दिल गुरुङ्गले हार्दिक स्वागत गर्नुभयो।
आजै अपरान्ह बर्लिन स्थित उक्त मेला चलिरहेको स्थलमा आयोजित नेपाल दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री बिष्टले २०१२ लाई लुम्विनी भ्रमण वर्ष घोषणा गरिएको जानकारी गराउनु भयो। साथै हालै मात्र नयां गन्तव्यको रुपमा विकास गर्न लागिएको Great Himalya Trail पदमार्ग जस्ता विशेष आकर्षणले नेपालको पर्यटन क्षेत्रमा उच्च आयाम थपेको उल्लेख गर्दै नेपाल भ्रमणका लागि तथा पर्यटन पूर्वाधार विकासमा लगानीका लागि विशेष आह्वान गर्नुभयो।
सोही समारोहमा बोल्दै जर्मनीकालागि नेपाली राजदुत महामहिम सुरेशप्रसाद प्रधानले नेपालको पर्यटन तथा सांस्कृतिक सम्बर्द्धनको क्षेत्रमा जर्मनीबाट प्राप्त निरन्तर सहयोगको सराहना गर्नुभयो। उहांले लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउने नेपाल सरकारको लक्ष्य रहेको बारे प्रकाश पार्दै बौद्ध तथा गैर बौद्ध धर्मसंग सम्बन्धित सवैजनालाई स्वयं अनुभुतिका लागि नेपाल जान अनुरोध गर्नु भयो।
नेपाल पर्यटन बोर्डका जर्मन स्थित स्थायी प्रतिनिधि श्री दिल गुरुङ्गले अन्तरमनको शान्तिका लागि लुम्बिनी भ्रमणको विशेष महत्व माथि प्रकाश पार्नुभयो। सोही अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले आफ्नो समापन मन्तव्य राख्दै बृहद् अन्तर्राष्ट्रय मेला ITB Berlin 2012 मा यस बर्ष ट्राभल तथा टुरसंग सम्बन्धित २१ नेपाली कम्पनीहरुले सहभागिता जनाएको उल्लेख गर्नुभयो। उक्त कार्यक्रममा Great Himalyan Trail Development Programme की Marketing Advisor Stephanie Grosser ले १७०० किलोमिटर लामो उक्त रोमाञ्चक तथा विश्वकै अग्लो स्थानमा रहेको पदमार्गका बारेमा Power Point Presentation गर्नु भएको थियो।
कार्यक्रममा जर्मनीका विभिन्न ट्राभल तथा टुर अपरेटरहरु, पत्रकार तथा नेपाललाई माया गर्ने जर्मन तथा अन्य विदेशी नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै बीच ०७ मार्च २०१२ मा सांझ जर्मनीका लागि नेपाली राजदुत महामहिम सुरेशप्रसाद प्रधानले नेपालबाट आउनुभएका उक्त मेलाका सहभागीहरुको सम्मानमा आफ्नो निवासमा दुतावासका तर्फबाट एक रात्रिभोजको आयोजना भएको थियो। सो रात्रिभोजमा जर्मनीको परराष्ट्र मन्त्रालय स्थित दक्षिण एशिया विभागका प्रमुख Gunter Rauer लगायत विभिन्न उच्चपदस्थ पदाधिकारी एवं ट्राभल तथा टुर संग सम्बन्धित जर्मन तथा अन्य विदेशी नागरिकहरुको समेत उल्लेख्य उपस्थिति रहेको जनाएको थियो।
०८ मार्च २०१२
Press Release
As per the report of Liaison Officer Mr. Krishna Prasad Subedi from the Annapurna I Base Camp, The Ministry of Tourism and Civil Aviation regret to inform that the following members of the Park's Annapurna(8091) South Face Expedition 2011 are missing in the Mt. Annapurna I since 18th October 2011. Search and Rescue operation is being conducted very sincerely to find the missing members.
|
S.N.
|
Name of the Member
|
Role
|
Age(Yr.)
|
Country
|
Passport No
|
|
1
|
Mr. Young Seok Park
|
Leader
|
48
|
South Korea
|
M68761235
|
|
2
|
Mr. Ki Seok Kang
|
Member
|
33
|
South Korea
|
SC2206758
|
|
3
|
Mr. Dongmin Shin
|
Member
|
37
|
South Korea
|
YP2058270
|
The above mentioned Expedition team comprising of 7 members were permitted to climb 8091m high Mt. Annapurna I from South Face Route for the period of 75 days from October,02, 2011, Under the leadership of. Mr. Young Seok Park . The handling Agency of the Expedition Team is: NE KO Treks & Expedition Pvt. Ltd. Kathmandu, Nepal.
(Surendra Prasad Sapkota)
Under Secretary
Tourism Industry Division
Ministry of Tourism and Civil Aviation
Old Press Releases